बिहीबार थपिए २४२८ जनामा कोरोना पुष्टि, ८ संक्रमितको मृत्यु

Corona and water 4 2fmfrz4t5a

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये २ हजार ३ सय ६५ जनामा पीसीआर र ६३ जनामा एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको हो।

यससँगै देशभर हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १५२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार २४ घण्टामा २५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ।

हाल देशभर १२ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा १० हजार १ पीसीआर र ४ सय ४७ एन्टिजेन परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय १७ पुगेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...