बुधबार थप २३५१ जनामा कोरोना पुष्टि, १० हजार ५८२ सक्रिय संक्रमित

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा २ हजार २ सय २० जनामा पीसीआर र १३१ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा बुधबार थप १ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भक्तपुरमा ८४, ललितपुरका १८१ तथा काठमाडौँमा ७८६ जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार बुधबार २८७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर १० हजार ५८२ सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा देशभर ८ हजार ८ सय ४४ पीसीआर र ८०३ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...