नवनियुक्त न्यायाधीशहरुले‍ लिए शपथ

Supreme court judge sapath 1

काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनियताको शपथ लिएका छन्।

बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज।ब।रा।ले नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

न्यायाधीशद्वयले नेपाली जनता, संविधान र अन्य कानूनप्रति पूर्ण निष्ठावान रहि सर्वोच्च अदालतको न्यायाधीश पदको जिम्मेवारी न्यायपालिकाको स्वच्छता र मर्यादा विपरीत नुहुने गरी इमान्दारपूर्वक पालना गर्ने भनी ईश्वरको नाममा शपथ लिएका छन्।

न्यायपरिषद्द्वारा प्रस्तावित दुवै जनाको नाम संसदीय सुनुवाई समितिले गत शुक्रबार अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायाधीश पदमा नियुक्त गरेकी थिइन्।

सर्वोच्च अदालतका न्यायाधीशहरुको शपथ ग्रहण राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने चलन रहेको छ।

तर यसपटक कोरोना महामारीको जोखिमका कारण राष्ट्रपतिको उपस्थिति बिना प्रधानन्यायाधीश जबराले पद तथा गोपनियताको शपथ गराएका हुन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संक्रमित भएर छट्पटिँदै अस्पतालसम्म पुग्दाको त्यो पल म कहिले भुलुलाँ र ?

Yam kumari dadel

मोबाईलको घण्टी बज्यो । मेरी आमाको फोन रहेछ म : हेलो !आमा : शुभ–आशिर्वाद ! नानी घर कहिले आउने ?म ...