बाँकेमा बिहीबारदेखि लकडाउन हुने, अति आवश्यक सेवाबाहेक सबै क्षेत्र बन्द रहने

Nepaljung 7

नेपालगञ्ज । कोरोना भाइरसको संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्ने भएको छ ।

नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै बैशाख ९ गते विहीबारदेखि एकसातासम्मका लागि अति आवश्यक सेवा बाहेक सबै क्षेत्र बन्द रहनेगरी लकडाउन गर्ने भएको हो । यसबारे भोलि निर्णय हुने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

पछिल्लो समयमा केही दिन यता आएर बाँके जिल्ला कोरोनाको हटस्पट बनेको छ । पहिलो पटक बाँकेमा एकैदिन ३२२ जना कोरोना संक्रमित भेटिएका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गतवर्षदेखि हालसम्मकै दर हेर्दा बाँकेमा भेटिएका कोरोना संक्रमितको आँकडा अहिले सबैभन्दा उच्च हो ।

बाँकेका तीन वटा प्रयोगशालामा गरिएको ६३१ नमुना परीक्षणमा सोमवार एकदिनमा मात्रै ३२२ जना संक्रमित फेला परेका छन् । भेरी अस्पतालको ल्याबबाट २१९, बागेश्वरी ल्याबबाट ३७ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबबाट ६६ जना गरी ३२२ जनामा कोरोना पुष्टि भएको छ ।

सबै वडा सिल
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का सम्पूर्ण कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वडा कार्यालय सिल गरिएको छ । वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले एक सूचना प्रकाशित गरेर सम्पूर्ण कर्मचारीलाई कोरोना संक्रमण देखिएको जानकारी दिए ।

वडा अध्यक्ष रिजालले सबै कर्मचारीलाई संक्रमण पुष्टि भएपछि परिस्थिती अनुकुल नहुँदा वडा कार्यालय केही दिनका लागि शील गरिएको बताए ।

सम्पूर्ण कर्मचारीमा संक्रमण देखिएपछि सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै केही समयकालागि वडा कार्यालय शिल गरीएको जनाउँदै अध्यक्ष रिजालले दुई तीन दिन यता वडा कार्यालयमा सेवा लिन आएका वडावासीलाई सचेत रहेर स्वास्थ्य बारे गम्भीर हुन आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...