२४ घण्टामा थपिए १७३६ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा १ हजार ६ सय ६७ जनामा पीसीआर र ६९ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ। मन्त्रालयका अनुसार मंगलबार २५१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७५ हजार ८०६ पगेको छ।

गत २४ घण्टामा देशभर ८ हजार ५५ पीसीआर र ६८३ एन्टिजेन परीक्षण भएको छ। गत २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय २ पुगेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...