पछिल्लो २४ घण्टामा थप १२८१ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै ६३४ जना संक्रमित भेटिए

Corona virus photo

काठमाडौं । केही दिन यता नेपालमा कोरोना संक्रमण बढेको बढ्यै छ । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । सक्रिय संक्रमितको संख्या ७२५४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ । कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २ सय २७ र ५ सय ४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १ हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३४ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

रुपन्देहीमा ८८ जना, कञ्चनपुरमा ६३ जना, कास्कीमा ५२, पर्सामा ५१, बाँकेमा ५० जना, मोरङमा ३१, चितवनमा २३, कपिलवस्तुमा १६ जना, झापामा १५, पाल्पामा १४ जना, सुनसरी र बारामा १२/१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...