नारायणी अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

Covid death2020 07 11 04 44 47

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएकी ५१ वर्षीय महिलाको आइतबार राती उपचारको क्रममा मृत्यु भएको छ । वैशाख ४ गते अस्पताल भर्ना भएकी वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी महिलाको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट ग्रसित रहेकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले शनिबार अस्पताल भर्ना गराएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा. सरोजरोशन दासले जानकारी दिए ।

अस्पताल भर्ना गराएकै दिन ती महिलाको पिसीआर विधिबाट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आइसियुमा राखी उपचार हुँदै आएकामा आज मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...