ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन १ हजार ९६ जनामा संक्रमण पुष्टि, ८ को मृत्यु

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये १ हजार १५ जनामा पीसीआर र ८१ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार २६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हाल देशभर ६ हजार २ सय ९० जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा ५ हजार ८४ पीसीआर परीक्षण गरिएको छ भने ६ सय ९९ एन्टिजेन परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८३ पुगेको छ।

काठमाडौँ उपत्यकामा थप ४३५ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ३२६, ललिपुरका ६४ तथा भक्तपुरका ४५ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...