काठमाडौंमा कोरोना संक्रमण बढेको बढ्यै, ३९५ जनामा कोरोना संक्रमण पुष्टि

Kathmandu valley

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमणको हव बन्न थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका मात्रै ३ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौंमा ३ सय १२, ललितपुरमा ७४ र भक्तपुरमा ९ जना गरी उपत्यकामा ३ सय ९५ जना संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ९४ जना र भेन्टिलेटरमा ४५ जना उपचाररत छन् ।

पछिल्लो घण्टामा देशभर ८ सय ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार ८ सय ३६ जना कोरोना संक्रमित थपिएका थिए । शुक्रबारको तुलनामा शनिबार ७ जना बढी संक्रमित भएका छन् ।

पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जना निको भएका छन् ।

यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । यस्तै मृतकको संख्या ३ हजार ७५ पुगेको छ ।

सोही अवधिमा कोरोनाबाट ५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७५ पुगेको छ । हाल आइसोलेसनमा ५ हजार ५ सय ४५ र क्वारेन्टाइनमा ७४ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...