नेपालमा कोरोना संक्रमण बढेको बढ्यै, पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना संक्रमण पुष्टि

Corona virus photo

काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो घण्टामा देशभर ८ सय ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार ८ सय ३६ जना कोरोना संक्रमित थपिएका थिए । शुक्रबारको तुलनामा शनिबार ७ जना बढी संक्रमित भएका छन् ।

पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । यस्तै मृतकको संख्या ३ हजार ७५ पुगेको छ ।

सोही अवधिमा कोरोनाबाट ५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७५ पुगेको छ । हाल आइसोलेसनमा ५ हजार ५ सय ४५ र क्वारेन्टाइनमा ७४ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस