थपिए ८४८ संक्रमित, काठमाडौँ उपत्यकामा मात्रै ३४८

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ८९० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका २८६, ललितपुरका ४३ तथा भक्तपुरका १९ जनामा संक्रमण पुष्टि भएको हो। उपत्यकामा संक्रमितको संख्या ३४८ पुगेको छ।

शुक्रबार २०८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ। हाल देशभर ५ हजार ८ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ३७ पीसीआर परीक्षण गरिएको छ भने ६ सय २१ एन्टिजेन परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप चार जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...