पत्रकारलाई कोरोना बीमाको रकम

Bima chhori bima 6545457 1

काठमाडौँ । मकवानपुर जिल्लामा क्रियाशील रही यस अगावै कोरोना सङ्क्रमित भएका सात पत्रकारले कोरोना बीमाबापतको रकम पाएका छन् । नयाँवर्ष २०७८का अवसरमा नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममार्फत कोरोना बीमाबापतको रु एक लाख उनीहरुलाई हस्तान्तरण गरिएको हो ।

सो रकम पाउनेमा पत्रकार महासङ्घ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, सचिव गणेश दर्पण अधिकारी, महासङ्घ पूर्वसदस्य सुजन विडारी, केन्द्रीय पार्षद राजन दाहाल (खुशराज), महासंघ सदस्य जीवराज बख्रेल, अनिष लुइँटेल र सहनशीला ढकाल रहेका छन् ।  उनीहरु अघिल्लो वर्ष कोरोना सङ्क्रमित भएका थिए ।

यसै क्रममा महासङ्घ मकवानपुरका केन्द्रीय पार्षद राजन दाहाल (खुशराज) ले कोरोना बीमाबापत पाएको रकमबाट रु १० हजार पत्रकार पेन्सन कोषमा सहयोग गरेका थिए । साथै महासङ्घ मकवानपुरले नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजन गरेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...