थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौँ उपत्यकाका मात्रै २५४ संक्रमित

Corona 2 1

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

४२ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय ८० जना र चार सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी ६ सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधवार कोरोना पुष्टि भएका सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका मात्रै दुई सय ५४ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एक सय २९ जना निको भएका छन् ।

अहिले नेपालमा चार हजार ५६ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ८० जनाको आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...