कोरोनाबाट मृतकको संख्या बढ्यो : एकै दिन १३ जनाको मृत्यु, ५५९ नयाँ संक्रमित थपिए

Corona death

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५ पीसीआर र एन्टिजेन परीक्षण भएका छन् ।

सोमबार विहान मात्रै बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना संक्र्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको पीसीआर र एन्टिजेन परीक्षणमा थपिएका ५ सय ५९ नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ७४ हजार १ सय ६५ जना संक्रमित निको भएका छन् ।

मुलुकभर ८५ जना क्वारेन्टाइनमा र ३ हजार ३ सय ६ जना आइसोलेसनमा रहेका छन् । हालसम्म २३ लाख १७ हजार २ सय ८४ पीसीआर परीक्षण भएका छन् ।

प्रदेश १ मा २५ जना संक्रमित
यता, आज प्रदेश १ मा २५ जना कोरोना संक्रमित थपिएका छन् । ३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ११, सुनसरीको इनरुवा र धरानमा २–२, दुहवी र इटहरीमा १–१, झापाको दमकमा २ र भद्रपुरमा १, संखुवासभाको खाँदबारीमा २ र धर्मदेवीमा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै प्रदेश १ मा हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४७० पुगेको छ । सक्रिय संक्रमितको संख्या १४० रहेकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...