थप ३०३ जना कोरोना संक्रमित, एकको मृत्यु

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार २८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार १४१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार २७ पुगेको छ। हाल देशभर २ हजार ९६१ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४० पुगेको छ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...