पछिल्लो २४ घण्टामा २८८ जना कोरोना संक्रमित थपिए

Corona new variant sqvcqk5ltv

काठमाडौँ  ।  नेपालमा पछिल्लो २४ घण्टामा २८८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १२७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ।

हाल देशभर २ हजार ६ सय १५ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा ४ हजार ७१ पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ।

काठमाडौँ उपत्यकामा शुक्रबार थप १२९ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ११७, ललितपुरका ९ तथा भक्तपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...