फेरि बढ्यो कोरोना संक्रमण, एकै दिन थपिए ३३२ संक्रमित

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार १०० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ। हाल देशभर २ हजार ४ सय ५४ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ।

प्रतिकृया दिनुहोस