पछिल्लो २४ घन्टामा १२८ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

Corona viras

काठमाडौं । नेपालमा विगत केही दिनयता लगातार एक सयभन्दा बढी संक्रमित फेला पर्न थालेका छन् । पछिल्लो २४ घन्टामा १ सय २८ जना नयाँ संक्रमित थपिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार थपिएका १२८ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा २ हजार ७ सय २७ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टामा १६१ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार १ सय २३ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । हालसम्म नेपालमा २२ लाख ८१ हजार ८ सय ३२ पीसीआर परीक्षण भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ । त्यस्तै १ हजार ६ सय १३ जना आइसोलेसनमा र ५९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...