शुक्रबार थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ११ जना संक्रमण मुक्त 

Corona lakxan

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १ हजार ६ सय ४७ जना रहेका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा १ सय ११ जना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ पुगेको छ । अहिले क्वारेन्टाइनमा रहनेको संख्या ६१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६५ पीसीआर परीक्षण भएको थियो ।

अहिलेसम्म भने १२ लाख ७९ हजार १ सय ५ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृतकको संख्या भने अहिलेसम्म २ हजार ३१ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...