बिहीबार थप १५२ जनामा कोरोना संक्रमण,१ को मृत्यु

Corona new variant sqvcqk5ltv

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १५२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। ४२ सय १३ नमूनाको पीसीआर परीक्षणमा १५२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। यो सहित संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको मन्त्रालयले जनाएको  छ। मन्त्रालयका अनुसार बिहीबार थप ६५ जना कोरोनामुक्त भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ।

६३ जना क्वारेन्टाइन र १५ सय ७९ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...