सोमबार थप १४१ जनामा कोरोना संक्रमण, ८२ डिस्चार्ज

Corona new variant sqvcqk5ltv

काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा थप १४१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ सय २२ पीसीआर गर्दा १४१ जनामा कोरोना पोजिटिभ देखिएको हो।

यस्तै सोमबार थप ८२ जनाले स्वास्थ्य लाभ गरेका छन्। यो सहित नेपालमा कोरोन संक्रमणबाट मुक्त हुनेको संख्या २  लाख ७२ हजार ६१२ पुगेको हो। निको हुने दर ९८.४ प्रतिशत हो।

मन्त्रालयका अनुसार सोमबारसम्म १३ सय ४१ जना कोरोनाका सक्रिय संक्रमित छन्। ५६ जना क्वारेन्टाइन र १३ सय ४१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तै सोमबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ। पछिल्लो समय कोरोनाको ग्राफ विस्तारै बढ्दै गएको भन्दै सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...