आइतबार थप ८९ जनामा कोरोना पुष्टि,  ९५ जना संक्रमित डिस्चार्ज 

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ६५ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ५२, ललितपुरका ७ तथा भक्तपुरका ६ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार आइतबार ९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ५३० पुगेको छ।

हाल देशभर १ हजार २ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा २ हजार १ सय १ पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २७ पुगेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...