शुक्रबार थपिए १५६ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ६६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ५५, ललितपुरका ९ तथा भक्तपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार शुक्रबार ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ।

हाल देशभर १ हजार २ सय ९९ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ४ हजार ४ सय १६ पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २४ पुगेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...