बुधबार थप १२० जनामा संक्रमण पुष्टि

Corona and water 4 2fmfrz4t5a

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । २ हजार ८९१ जनाको नमुना परीक्षण गर्दा १२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार ३ हजार ९६३ जनाको नमुना परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको थियो । बिहीबार थपिएका संक्रमितमध्ये ६५ जना काठमाडौं उपत्यकाका हुन् । यस्तै पछिल्लो २४ घण्टामा कास्कीमा १९, दाङमा ६, मोरङ र रुपन्देहीमा ४र४ जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमण बढ्न थालेका बेला परीक्षण संख्या भने घटेको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ । उनीहरुमध्ये थप ८५ जनासहित २ लाख ७२ हजार २७२ जना निको भएका छन् भने हालसम्म ३ हजार २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार २१७ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म २२ लाख ५१ हजार ८८४ नमुनाको पीसीआर गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...