कोरोना त्रास : स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही

रात्रिकालिन व्यवसाय संचालनमा रोक

Corona max

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा हिँड्‌डुल गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाहीको चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्नेलाई कारबाही गर्ने जनाएको छ ।

कोरोना महामारीको दोस्रो लहर सामना गरिरहेको छिमेकी मुलुक भारतमा संक्रमण तीव्र गतिमा फैलिएको छ । प्रशासनले भारतसँगको खुला सीमानाका कारण सीमानाकाहरुबाट आउने मानिसहरु दैनिक रुपमा काठमाडौं उपत्यकामा आवतजावत गर्ने क्रम बढ्दै गएको जनाउँदै यस्तो निर्देशन गरेको हो ।

जिल्ला प्रशासनले बुधवार एक विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘कोभिड–१९ सम्भाव्य जोखिमहरुको न्यूनिकरा गरी संक्रमण बढ्न नदिन सार्वजनिक स्थलमा भिडभाड नगर्ने, फागू पर्वको अवसरमा सार्वजनिक स्थलमा भिडभाड नगर्ने, होली पर्वलाई आफ्नो घर भित्र नै सिमित रही सामाजिक, सांस्कृितक मर्यादा अनुसार खेल्ने, घर बाहिर तथा सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य मास्क, सेनिटाइजर र सामाजिक र भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।’

‘सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीसमेत हुने व्यहोरा सर्वसाधारणको जानकारीको लागि सूचित गरिन्छ’ विज्ञप्ति भनिएको छ ।

भारतमा संक्रमण उच्च विन्दुतिर बढिरहँदा नेपालमा पनि संक्रमण बढेको देखिएको छ । अस्पतालमा पुग्ने सम्भावित संक्रमित, दैनिक पहिचान हुने संक्रमितको संख्या र संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांकले पनि यही संकेत गरेको छ ।

यता, भक्तपुरले अर्को सूचना जारी नभएसम्म मेला, जात्रा, सांस्कृतिक कार्यक्रमहरु नगर्न पनि निर्देशन दिएको छ । ललितपुर जिल्ला प्रशासनले चाहिँ राती ११ बजेदेखि रात्रिकालिन व्यवसाय संचालनमा रोक लगाउने निर्णय गरेको छ ।

संक्रमणलाई मध्यनजर गरी पहिले संचालनमा आएका क्वारेन्टिन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने निर्णय पनि उनीहरुले गरेका छन् । सेनिटाइजर, मास्क र सामाजिक दूरीलाई कडाइका साथ पालना गर्ने निर्णय पनि प्रशासनले निर्णय गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च भएमा फेरि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...