भारतमा कोरोना वृद्धिः सतर्कता खोइ

Covid 19 tally increased

काठमाडौा । शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिको सभापति जयपुरी घर्तीले उपमितिबाट प्राप्त प्रतिवेदनमाथि छलफल गरेर आवश्यक कारवाहीका लागि सरकारलाई निर्देशन दिइने बताएकी छन् । उपसमितिको प्रतिवेदन अध्ययनका लागि समिति सदस्यलाई उपलब्ध गराइएको छ ।

बैठकमा समितिका सदस्यले छिमेकी भारतसँगै विश्वका कतिपय मुलुकमा फेरि कोरोना महामारीको लहर शुरु भएकाले तत्काल सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएका थिए ।

समितिका सदस्य गजेन्द्र महतले कोरोना महामारीलाई आतङ्कका रुपमा लिन नहुने तर आवश्यक उच्च सतर्कता अपनाउनुपर्ने बताए । अर्का सदस्य हितबहादुर तामाङले  भारतमा कोरोना सङ्क्रणमको दर उच्च रहेको खबर सार्वजनिक भइरहेकाले नेपाल सरकारले रोकथामका लागि तयारी तीव्र पार्नुपर्नेमा जोड दिए ।

सांसदलेसर्वसाधारणमा जनचेतना फैलाउनुपर्ने, सबै नेपालीलाई कोरोनाविरुद्धको खोप सुनिश्चितता गर्नुपर्ने, अग्रपङ्क्तिमा काम गर्ने तथा जोखिम समूहलाई तत्कालै खोप लगाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...