२४ घण्टामा १५० जनामा कोरोना सङ्क्रमण, ३ जनाको मृत्यु  

Corona psycho

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४४ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमवार थपिएकासहित नेपालमा अहिलेसम्म दुई लाख ७६ हजार ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा ९९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार २० पुगेको छ । अहिले नेपालमा एक हजार १७ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै थप तीन जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १९ पुगेको छ । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...