भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेसँगै नेपालमा चिन्ता

Corona viras

काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेसँगै नेपालमा पनि विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

पछिल्लो समय नेपालमा भिडभाड र मानिसको चहलपहल बढ्नुले कोरोना त्रास हराउँदै गएको महशुस हुन थालेको छ । कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै फेरि लकडाउन गर्ने चर्चाले भारतमा रहेका नेपालीहरु धमाधम घर फर्कन थालेका छन् ।

भारतले पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा बुधबारदेखि रात्रीकालीन कर्फ्यू जारी गरिसकेको छ । महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात लगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या एक्कासी बढेपछि मानिसको चहलपहलमा कडाई गरिएको छ ।

मानिसको ओहोरदोहोर बढेपछि कोरोना त्रास पुनः बढदै गएको छ । भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि संक्रमितको संख्या बढदै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका भाइरोलोजिस्ट डा. शेरबहादुर पुनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...