कोरोनाविरुद्धको २० लाख डोज खोप दुई साताभित्रै नेपाल आइपुग्ने

Corona khop

काठमाडौं । कोभ्याक्स र हालै खरिद गरिएको २० लाख डोज खोप दुई साताभित्र नेपाल आइपुग्ने भएको छ । अहिलेसम्म १७ लाख जनाले खोप लगाइसकेका छन् । त्यसमध्ये पछिल्लो पटक खोप लगाएकाको दोस्रो चरणको खोप लगाउन बाँकी छ ।

पहिलो चरणमा कोभ्याक्स अनुदानको २२ लाख ६८ हजार मात्रा नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता आएको थियो । तर, त्यसमा पनि किस्ताबन्दी प्रणालीअनुसार मात्र तीन लाख ४८ हजार मात्रा खोप पहिलो चरणमा नेपाल भित्रिएको थियो ।

अब दोस्रो चरणमा १९ लाख २० हजार मात्रामध्ये छ लाख मात्रा खोप मात्र आउने अनुमान गरिएको छ । कोभ्याक्स अभियानले औपचारिक रूपमा जनाएअनुसार मे महिनाभित्र दोस्रो चरणको खोप पठाइनेछ ।

यता, सरकारले निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप ल्याउन दिने निर्णय गरेसँगै स्वास्थ्य सेवा विभागमा खोप ल्याउन अनुमति लिन आवेदन पर्न थालेको छ ।

सरकारले एकलौटी नगरी निजी क्षेत्रलाई पनि खोप ल्याउन दिने गरी बाधा अड्काउ फुकाएपछि निजी क्षेत्रका प्रतिनिधिहरू विभागमा अनुमति लिन पुग्न थालेका हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...