आज देशका यी स्थानमा वर्षाको सम्भावना

Mausam

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

बिहानको मौसमको बारेमा जानकारी दिँदै महाशाखाले देशका केही पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली भइरहेको र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

यसैगरी, आज दिउँसो प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एक-दुई स्थानमा हल्का वर्षा र हिमपात को सम्भावना रहेको छ । त्यसैगरी, आज राति प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश का पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने पूर्वानुमान छ ।

बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागहरुको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस