प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगे विप्लव

Capture 54433333

काठमाडौँ । शान्ति पूर्ण राजनीतिमा आउन तयार नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री भेट्न बालुवाटार  पुगेका छन् ।

नवलपरासीबाट शुक्रबार काठमाडौँ आइपुगेका उनी केहीबेर अगाडि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बालुवाटार प्रवेश गर्नुअघि विप्लवले आफ्नो पार्टीको वार्ता टोलीका सदस्यहरुलाई भेटेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेपछि उनी सरकारसँग भएको सहमति पत्रमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुने छन् । हस्ताक्षर समारोह केहीबेरमा राष्ट्रिय सभागृहमा हुँदैछ । सो समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने छन् ।

सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीका सदस्यहरुले बिहीबार तीन बुँदे सहमति भएको प्रेस नोट सार्वजनिक गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...