ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ३५ घर जले, आगो अझै नियन्त्रणबाहिर

Taplejung ago

काठमाडौँ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीणष आगलागी भइरहेको छ।मंगलबार बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा नआएको स्थानीयवासी गणेश कार्कीले बताए।

उनका अनुसार अहिलेसम्म दोभान बजारका ३५ घर पूर्ण रुपमा जलेर नष्ट भइसकेको जाजकारी दिए। ‘आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दै छौंँ’, कार्कीले भने।

अहिले आगलागी भएको क्षेत्रमा ताप्लेजुङको दमकल पुगिसकेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि दमकल आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए।

उनले भने, ‘म पनि आगलागी क्षेत्रमा जाँदै छु। आगलागी भीषण छ भन्ने खबर आएको छ।’ सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिए।

प्रतिकृया दिनुहोस