खोप भण्डार क्षमता अभिवृद्धि गर्न खोप भण्डारण केन्द्र बन्दै

Khop vandaran

काठमाडौं । सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार गर्ने भएको छ । त्यस क्रममा देशभर आठवटा खोप भण्डार गृह आगामी दुई महिनामै तयार हुनेछन् । पूर्वाधार विस्तारको काम थालनी नै भइसकेको छ ।

आठ भण्डारण केन्द्रमध्ये विराटनगर, जनकपुर र धनगढीमा निर्माण कार्य सुरु भइसकेको छ । सम्झौता भएको दुई महिनाभित्र निर्माण कार्य सम्पन्न हुनेछन् । बाँकी पाँच ठाउँका लागि निर्माण कम्पनीसँग सम्झौता प्रक्रिया अन्तिम तयारीमा छ ।

खोप भण्डारण क्षमता वृद्धि गर्न सरकारले आठ वटा खोप भण्डार गृह स्थापना थालेको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार केन्द्रीय स्तरको एक र सातवटै प्रदेशमा एक–एकवटा खोप भण्डार गृह स्थापना कार्य अगाडि बढाइएको हो ।

सबै नेपालीलाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोप उपलब्ध गराउन खोपको सुरक्षित एवं उचित व्यवस्थापन गर्ने उद्देश्यले भण्डारण बनाउन थालिएको हो । केन्द्रसहित सातवटै प्रदेशमा खोप भण्डार गृह स्थापना गर्ने काम सुरु भइसकेको छ । दुई महिनाभित्र भण्डारण केन्द्र स्थापना कार्य सम्पन्न हुने सहरी विकास मन्त्रालयले जनाएको छ ।

एउटा केन्द्रको निर्माण गर्न एक करोड २० लाख रुपैयाँ लाग्ने छ । सबै भण्डारण केन्द्र बनाउन ९ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तत्कालका लागि कोरोना खोप भण्डारण गरी सबै क्षेत्रमा सहज वितरण गर्ने लक्ष्य सरकारको भए पनि यी केन्द्र पछि अन्य खोप भण्डारणमा प्रयोग हुनेछन् ।

खोप भण्डारण केन्द्रहरूमध्ये केन्द्रीय स्तरको बाराको पथलैयामा रहने छ । यस्तै प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरस्थित मुजैलिया, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवलस्थित तामनगर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा भण्डारण केन्द्र निर्माण गरिने छ ।

हरेक खोप केन्द्रमा बाहिरी फ्रेमको रूपमा तीनवटा कम्पार्टमेन्ट निर्माण गरिन्छ, जसमा बाहिरबाट खरिद गरी ल्याइएको ‘वाचिङ कुलर’ राखिन्छ र त्यस ‘वाचिङ कुलर’मा नै खोप भण्डारण गरिन्छ । सम्बन्धित प्रदेशका लागि आवश्यक खोप प्रदेशअन्तर्गतको भण्डारगृहमा राखिने तथा बाँकी खोप आवश्यकताबमोजिम प्रयोजनका लागि केन्द्रीय भण्डार गृहमा राखिने छ ।

प्रदेश २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत निर्माण हुने खोप भण्डारण केन्द्रको ठेक्का सम्झौता भएर कार्यादेश दिइसकिएको छ भने प्रदेश १ तथा लुम्बिनी प्रदेशअन्तर्गत निर्माण हुने भण्डार गृहको बोलपत्र स्वीकृत भई कार्य सम्झौता गर्न पत्राचार गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...