सुरक्षा परिषद्को बैठक सकियो : विप्लवको गतिविधिको समिक्षा, प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल

Rastriya suraksha parisad

काठमाडौँ । मंगलबार बिहान बसेको सुरक्षा परिषद्को बैठक सकिएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयस्थित सुरक्षा परिषद्को सचिवालयमा बसेको बैठक केहीबेरअघि सकिएको हो ।

बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको गतिविधिको समीक्षा गर्नुका साथै उक्त समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको स्रोतले बताएको छ ।

कतिपयले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै बैठक बोलाइएको अनुमान गरेका छन् । खासगरी राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषद्को बैठक बस्ने गर्दछ । यसअघि गत कात्तिकमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परषिद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचवि र प्रधानसेनापति सदस्य रहन्छन् । मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सहभागी थिएनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...