आगामी परिस्थिति जस्तोसुकै आएपनि हाम्रो राजनिति सकिँदैन् : प्रधानमन्त्री ओली

Kp242

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी परिस्थिति जस्तोसुकै आएपनि आफ्नो राजनीति नसकिने बताएका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउन मात्र बाँकी रहेका बेला पछिल्लो समय प्रधानमन्त्री ओलीले रक्षात्मक अभिव्यक्तिहरु दिइरहेका छन्। उनका विरोधीहरु सर्वोच्चले प्रतिनिधी सभा विघटनको निर्णय बदर गरे केपी ओली र उनको समूहको राजनीति सकिने दावी गरिरहेका छन्।

कञ्चनपुरमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीले भने, ‘केही मान्छेहरु यस्तो भयो भने आफ्नो राजनीति सकिन्छ भनेर छटपटाइरहेका छन्। तर, हाम्रो राजनीति जे भएपनि सकिँदैन।’ उनले न्यायालयलाई धम्क्याउने, दबाब दिने कुरामा आफू र आफ्नो समूहको विश्वास नरहेको र शक्ति पृथकीकरणको पक्षमा सँधै उभिएको बताए। अदालतको निर्णय सँधै सही नहुने भन्दै उनले त्यही भएर पुनरावेदनको परिकल्पना गरिएको पनि बताए।

ओलीले केही दिनअघि प्रतिनिधि सभा विघटनको निर्णय बदर भए आन्दोलन गर्ने आफ्नो अभिव्यक्तिको गलत ब्याख्या भएको उनको दाबी छ। उनले लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन गर्ने आफ्नो आशय रहेको बताउँदै उनले अगाडि थपे, ‘राजनीति, अर्थतन्त्र, सामाजिक पक्ष, संस्कृति सबै पक्षको आन्दोलन निरन्तर चलिरहन्छ भनेको हुँ। नारा जुलुश गर्ने, ढुंगा मुढा गर्ने आन्दोलन भनेको होइन।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...