देशैभर कोरोना संक्रमितको संख्या घट्यो, शुक्रबार ९७ जना संक्रमित थपिए

Corona and water 4 2fmfrz4t5a

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार २६३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा झापामा १, पर्सामा १, काठमाडौँमा २३, चितवनमा २३, धादिङमा १, भक्तपुरमा ६ र ललितपुरमा ५ जना संक्रमित थपिएका छन्।

यस्तै कास्कीमा १६, तनहुँका १, नवलपरासीपुर्वमा ३, बागलुङमा २, अर्घाखाँचीमा १, दाङमा १, नवलपरासीमा १, पाल्पामा १, बाँकेमा २, रुपन्देहीमा ७, जाजरकोटमा १ तथा बैतडीमा १ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौँ उपत्यकामा थप ३४ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार शुक्रबार थप १ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ।

हाल देशभर १ हजार ५ सय ८३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा २ हजार ९ सय ३१ पीसीआर परीक्षण भएको छ।

गत २४ घण्टामा देशभर थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ।

हाल देशभर हालसम्म ६० जना कोरोना संक्रमितको आईसियुमा तथा ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...