बढ्यो डाक्टरको परामर्श तथा जाँच शुल्क

Doctor prescription aqpuin84go

काठमाडौँ । डाक्टरहरूले दिने परामर्श तथा जाँच शुल्क बढेको छ । नेपाल चिकित्सक सङ्घ र एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युशन नेपाल (अफिन) ले संयुक्त प्रेस विज्ञप्ति निकालेर बुधवारदेखि शुल्क बढाएको जानकारी गराएको हो ।

शुल्क बढेपछि अब एमबीबीएस गरेर पाँच वर्षसम्म अनुभव भएका डाक्टरको शुल्क तीन सय ७० र पाँच वर्ष बढी अनुभवी एमबीबीएस डाक्टरको शुल्क चार सय ५० तोकिएको छ ।

यस्तै डिप्लोमा पूरा गरी पाँच वर्षसम्म अनुभव भएकाले पाँच सय १५ र पाँच वर्षभन्दा बढी अनुभव भएकाले पाँच सय ९० रुपैयाँ लिन पाउनेछन् । एमडी गरी दश वर्षसम्म अनुभव भएका डाक्टरले जाँच्ने शुल्क आठ सय २५ तोकिएको छ ।

स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेसागत सङ्घ–सङ्गठनहरूको संयुक्त सङ्घर्ष समितिसँग स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ ४ गते शुल्क वृद्धिको सम्झौता गरेको थियो । सम्झौतामा चिकित्सकहरूको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएपछि सङ्घ र अफिनको बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फिति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई आधार मानेर नयाँ परामर्श शुल्क तोकेको विज्ञप्तिमा उल्लेख छ ।

साथै निजी क्षेत्रबाट सञ्‍चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मासिक रूपमा नियुक्ति लिइए सेवा पुर्‍याउने मेडिकल अफिसर (हाउस अफिसर) हरूको पारिश्रमिकको हकमा न्यूनतम ४२ हजार कायम गरिएको भन्दै उक्त निर्णय कार्यान्वयन गराउन सबैलाई आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...