थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, अधिंकाश संक्रमित काठमाडौँमा उपत्यकामा

Corona psycho

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ताप्लेजुङमा १, मोरङमा ३, काठमाडौँमा ४५, काभ्रेमा २, चितवनमा १३, दोलखामा १, भक्तपुरमा ६, मकवानपुरका १ र ललितपुरमा ९ जना संक्रमित थपिएका छन्।

यस्तै सिन्धुपाल्चोकमा १, कास्कीमा १६, गोरखामा १, तनहुँमा २, म्याग्दीमा १, स्याङ्जामा १, गुल्मीका १, बर्दियामा ५, बाँकेमा १, रुपन्देहीमा ५, जुम्लामा ७, तथा कैलालीमा ३ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौँ उपत्यकामा थप ६० जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार बुधबार ९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ।

गत २४ घन्टामा ३ हजार ८ सय ३८ पीसीआर परीक्षण भएको छ। हाल देशभर हालसम्म ६१ जना कोरोना संक्रमितको आईसियुमा तथा १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...