२४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, १३१ संक्रमित निको

Corona and water 4 2fmfrz4t5a

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा इलाममा १, उदयपुरमा २, धनकुटामा १, मोरङमा ३, रौतहटमा १, काठमाडौँमा ४७, भक्तपुरमा २, मकवानपुरका १, र ललितपुरमा १२ जना संक्रमित थपिएका छन्।

यस्तै कास्कीमा २५, गोरखामा १, तनहुँमा १, लमजुङमा १, बागलुङमा १, स्याङ्जामा १, कपिलवस्तुमा १, दाङमा १, पाल्पामा १, तथा सुर्खेतमा १ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौँ उपत्यकामा थप ६१ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार आइतबार १३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ।

२४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ।

गत २४ घन्टामा ३ हजार ५०१ पीसीआर परीक्षण भएको छ। देशभर १ हजार ६ सय ४ सक्रिय संक्रमित रहेका छन्।

हाल देशभर हालसम्म ६१ जना कोरोना संक्रमितको आईसियुमा तथा १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...