थप ८१ जनालाई कोरोना संक्रमण, ५ जनाको मृत्यु

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ४३० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा झापामा १, मोरङमा ३, रौतहटमा १, काठमाडौँमा २५, चितवनमा ३, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा १, रसुवामा ३ र ललितपुरमा ७ जना संक्रमित थपिएका छन्।

यस्तै कास्कीमा २१, नवलपरासीपूर्वमा १, पर्वतमा १, स्याङ्जामा २, अर्घाखाँचीमा १, कपिलवस्तुमा १, पाल्पामा २, बाँकेमा १, रुपन्देहीमा २ तथा कैलालीमा २ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौँ उपत्यकामा बिहीबार थप ३३ जनामा संक्रमण पुष्टि भएको छ। बिहिबार १११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको निधन भएको छ। हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको छ। गत चौबीस घन्टामा ३ हजार २३ पीसीआर परीक्षण भएको छ। देशभर १ हजार ७ सय १८ सक्रिय संक्रमित रहेका छन्।

यसैगरी देशभर हालसम्म ६४ जनाको कोरोना संक्रमितको आईसियुमा तथा १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...