२४ घण्टामा १३० संक्रमित थपिए, ७ जनाको मृत्यु, १९४ डिस्चार्ज    

Corona new variant sqvcqk5ltv

 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । ६१ महिला र ६९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ। पछिल्लो २४ घन्टामा ३ हजार ३३३ स्वाब परीक्षण गराउँदा १३० जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै सोमबार थप १९४ जना डिस्चार्ज भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ६८ हजार २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ। यस्तै सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ। यो सहित मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ।

अहिले १७ सय ४४ जना आइसोलेसनमा छन् भने ९२ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका अनुसार ६३ जनाको आइसीयू र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। काठमाडौं उपत्यकामा भने २५ महिला र ३३ पुरुष गरी ५८ जनामा कोरोना संक्रमण देखिएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...