२४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण, २०६ डिस्चार्ज

Corona new variant sqvcqk5ltv

काठमाडौं  । नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । ३ हजार ५९७ जनाको स्वाब परीक्षण गराउँदा ५२ महिला र ९० जना पुरुषमा संक्रमण देखिएको हो।

काठमाडौं उपत्यकाका ५५ जनासहित १४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ भने २०६ जना डिस्चार्ज भएका छन्।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ । जसमध्ये २ लाख ६७ हजार ६५ जनाले कोरोना जितेका छन् । अहिले नेपालमा  २ हजार ३३५ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको छ । 

देशभर क्वारेन्टाइनमा भने ९५ जना रहेका छन् भने आइसोलेसनमा २ हजार ३३५ जना रहेका छन्।  मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा २० लाख ८१ हजार ६९५ जनाको पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार कोरोनाका जनाको भेन्टिलेटरमा र  जनाको आइसीयूमा उपचार भइरहेको छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...