पत्रकार बराइलीसहित धनकुटामा ४ जना क्रियाशिल पत्रकार सम्मानित

Patrakar sammanit

धनकुटा । राष्ट्रिय दलित पत्रकार संंघका केन्द्रिय सदस्य तथा रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र धनकुटामा कार्यरत सरिता बराइलीसहित धनकुटाका ४ जना पत्रकार सम्मानित भएका छन् ।

पत्रकार महासंघ धनकुटाको १०औँ साधारण सभामा धनकुटामा रहेर सक्रिय रुपमा पत्रकारिता गर्दै आएका ४ जनालाई विभिन्न व्यक्तिहरुको नाममा स्थापना गरिएको पुरस्कारबाट सम्मानित भएका हुन् ।

१० औं साधारण सभामा रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र धनकुटामा कार्यरत बराइलीसहित देवकला कार्की, कान्तिपुर टेलिभिजनका बिनोद घिमिरे र ब्लाष्ट टाइम्स दैनिकका सन्तविर लामालाई जनही ५ हजार ५ सय ५५ नगदसहित पुरस्कृत गरिएको हो ।

सो साभारण सभामा पाख्रीवास नगरपालिकाका प्रमुख वृषबहादुर राई, नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य एवम् कन्द्रिय प्रतिनिधि उद्वव तिम्सिना, केन्द्रिय सदस्य गोपाल बराइली, नेपाल पत्रकार महासंघ धनकुटाका जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ लगायतले दोसल्ला ओढाउँदै सम्मान पत्र वितरण गरे ।

सो अवसरमा महासंघले नेपाल पत्रकार महासंघ धनकुटाको भवन निर्माणमा विभिन्न समयमा योगदान दिने सहयोगीहरु महासंघका पूर्व अध्यक्षहरुलाई पनि दोसल्ला ओढाएर सम्मान गरेको छ ।

२०६३ देखि २०६५ सालमा पत्रकार महासंघ धनकुटाको भवन निर्माणको बेला सहयोग गर्ने तत्कालीन धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याङ, तत्कालीन जिल्ला विकास समितिका योजना अधिकृत तीर्थ धिताल, तत्कालिन धनकुटा नगरपालिकाका प्राविधिक मिङमा दोर्जी शेर्पा, पत्रकार महासंघ धनकुटाका तत्कालीन सचिव लिलाबल्लभ घिमिरे, धनकुटा बहुमुखी क्याम्पसका किरण घिमिरे, गोविन्द खत्री र पत्रकार महासंघ सहसचिव हरिबहादुर लम्जेललाई सम्मान गरिएको हो ।

त्यसैगरी पूर्वअध्यक्षहरु सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई, गोपाल अधिकारी, खगेन्द्र घिमिरे र मोहन वान्तवालाई पनि महासंघको विकासका लागि सहयोग गरेको भन्दै महासंघले सम्मान गरेको छ ।

उनीहरुलाई दशौं साधारणसभाका अवसरमा उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए ।

सो सभामा पाख्रिबास नगरपालिकाका प्रमुख राईले सत्य, तथ्य, निष्पक्ष र आफ्नो धर्मलाई विचार गरि कलम चलाउने बुद्धिजीवी र श्रमजीवी पत्रकारहरुलाई सम्मानित गर्न पाउँदा खुसी लागेको बताए ।

सो सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु गोपाल बराइली, लक्ष्मण कार्की, प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल, महासंघका जिल्लाका पूर्व अध्यक्ष विजय सन्तोषी राई, खगेन्द्र घिमिरे, सञ्जय सन्तोषी राई, आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तविर लामा, पाख्रिवास कृषी अनुसनधान परिषदमा प्रमुख डा. गोविन्द तिमिल्सिना, नेपाल रेडक्रस धनकुटाका महामन्त्री कृष्ण श्रेष्ठ लगायतले शुभकामना दिए ।

नेपाल पत्रकार महासंघको केन्द्रिय समितिले चुनाव गराउनुभन्दा दुई महिना अगाडि नै साधारणसभा सम्पन्न गर्न गरेको निर्णय अनुसार महासंघ धनकुटाको साधारणसभा सम्पन्न गरिएको हो । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले आगामी फागुनमा आगामी नेतृत्वका लागि जिल्ला, प्रदेश र केन्द्रको मतदान गर्ने निर्णय गरेको छ ।

साधारणसभाको बन्द सत्रमा महासंघ धनकुटा शाखाका सचिव विदुर खवासले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष नारायण आठपहरियाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ ।

सो साधारण सभा महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको सभापतित्वमा भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...