कांग्रेसमा बढ्यो युवाहरुको सक्रियता, नेपाली कांग्रेस प्रवेशको लहर बढ्दै

Dkt congres news

धनकुटा । केन्द्रिय राजनीति लथालिंग भइरहेका बेला धनकुटामा नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ ।

मंगलबार मात्रै पनि धनकुटामा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस धनकुटाको आयोजना भएको कार्यक्रममा नेकपा, जनता समाजवादी पाटी र राप्रपा परित्याग गरी २७ जना यूवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

धनकुटाको महालक्ष्मी नगरपालिकाका नेकपाबाट, धनकुटा नगरका जनता समाजवादी पार्टीका धनकुटा नगरपालिका वडा नं. ५ का र नेकपा, राप्रपा लगायत विभिन्न पार्टीहरुबाट वडा नं. ५ का गरी २७ जना यूवाहरु पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए ।

नवप्रवेशी यूवाहरुलाई नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, प्रवेश सभा सदस्य सांसद लिला सुब्बा, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष तथा तरुण दल धनकुटका अध्यक्ष दिनेश राई, वडा नं. ५ का वडाध्यक्ष धनकुमार राई, वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, पूर्व जिल्ला सहसचिव राजन पौडेल, सदस्य दिनेश भण्डारी, नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, जिल्ला उपाध्यक्ष अम्विका धमला, नेविसंघ धनकुटाका उपाध्यक्ष विर्मशमान अमात्य लगायतले कांग्रेसको पार्टी सदस्यता प्रदान गर्दै अविर टिका, खादा तथा फुल माला लगाई दिई स्वागत गरे ।

यता, अंसवैधानिक कदमको विरुद्धमा धनकुटामा नेपाली कांग्रेसका भातृ संस्थाहरुको आयोजनामा मोटरसाईकल ¥याली, प्रर्दशन र फ्लाय मुव प्रर्दशन गरेको छ ।

धनकुटा नेपाली कांग्रेसको पार्टी कार्यालयबाट शुरु भएको मोटर साईकल ¥यालीले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रमा गरी धनकटा बसर्पाकमा पुगी सभामा परिणत भएको थियो । सो अवसरमा नेविसंघ धनकुटाले फ्यास मुव समेत प्रर्दशन गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...