चीनले नेपाललाई ३ लाख डोज कोरोना विरुद्धको खोप अनुदान दिने

Corona khop

काठमाडौं । नेपालमा भारतले दिएको कोरोना विरुद्धको खोप लगाउने कार्य तीव्र बनिरहेका बेला नेपालको अर्काे छिमेकी देश चीनले ३ लाख डोज कोरोना खोप नेपाललाई अनुदान दिने भएको छ ।

नेपाल सरकारको आग्रहमा चीन सरकारले खोप उपलब्ध गराउने निर्णय गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले पुष्टि गरेको छ । यद्यपि चनिले दिने खोप कहिले नेपाल आइपुग्छ भन्ने कुनै जानकारी दिएको छैन ।

नेपाली मिडियालाई आइतबार प्रक्रिया दिँदै नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले चीन सरकारले एक लाख ५० हजार नेपाली जनतालाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएका हुन् ।

चीनले नेपाललाई सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन दिन लागेको हो । चिनियाँ दूतावासका अनुसार सिनोफार्मको खोप सुरक्षित र प्रभावकारी रहेको छ ।

यस्तै सिनोफार्म खोपले विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको समेत दूतावासको दाबी छ । चीन सरकारले उक्त खोपलाई ससर्त अनुमति दिएको र हालसम्म २ करोड ४० लाख जनालाई दिइसकेको दाबी पनि दूतावासले गरेको छ ।

खोप प्रयोगका लागि आवश्यक अनुमति पाउन दूतावास आफैंले सम्बन्धित निकायहरुसँग छलफल गरिरहेको पनि दूतावासले बताएको छ । औषधि व्यवस्था विभागले हालसम्म केवल भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डलाई मात्रै ससर्त आपत्कालीन प्रयोग अनुमति दिएको छ ।

चिनिया दूतावासका अनुसार दूतावासका अनुसार उक्त खोपको ‘एफिकेसी’ ७९.३४ प्रतिशत रहेको छ र यूएई, ईजिप्ट, हंगेरी र पाकिस्तानलगायत विश्वका १३ वटा राष्ट्रमा यसले आपत्कालीन प्रयोग अनुमति प्राप्त गरिसकेको छ । लुआनले चिनियाँ राष्ट्रपति सी चिनफिङले खोपको विकास भएसँगै विश्वलाई पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए अनुसार नै नेपालको आग्रहमा चीनले खोप उपलब्ध गराउन लागेको बताए ।

भारतले दिएको खोपमध्ये हालसम्म खोप अभियानको पाँचौं दिनसम्म प्रदेश १ मा १२ हजार ७६३, प्रदेश २ मा ११ हजार ५७, वाग्मती प्रदेश मा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा ५ हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८७७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिँदै आएको छ ।

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्नेछ । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...