कोरोनाविरुद्धको खोप अभियान सुरु, पहिलो दिन १२ हजारलाई लगाइने

Corona vaccine nepal

काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान सुरु गरेका हुन् । अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश वाचन गरेर सुनाइएको थियो ।

काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।

बुधबार १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । पहिलो चरणको अभियान १० दिनभित्र सम्पन्न हुने छ । नेपालमा भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप प्रयोग गरिएको हो । अनुदानमा उपलब्ध यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...