आजबाट सातै प्रदेशमा कोरोनाविरुद्धको खोप अभियान सुरु

45511221233331

काठमाडौँ । नेपालमा बुधबारदेखि सातै प्रदेशमा कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु भएको छ ।

कोरोनाभाइरस नियन्त्रण र रोकथाममा अग्रपङ्क्तिमा रहेर काम गरेका चार लाखभन्दा बढी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी लगायतलाई खोप लगाइने अधिकारीहरूले जनाएका छन् ।

आज सात वटै प्रदेशका ६२ वटा अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सुरु हुने यो कार्यक्रमको पहिलो चरण १० दिनभित्र सकिने बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले भने, ‘खोप कार्यक्रम सात वटै प्रदेशमा सुरु हुन्छ । पहिलो दिन १२० भन्दा बढी खोप केन्द्रहरूबाट खोप दिने काम हुने छ ।’

‘काठमाडौँका अधिकांश ठूला अस्पतालहरू खोप केन्द्र बनाइएको छ। हरेक खोप केन्द्रहरूमा कतै सरसफाइ कर्मचारी, कतै नर्स त कतै एम्बुलेन्स चालक अनि कतै चिकित्सकहरूलाई खोप दिएर यो सुरु गरिने छ ।’

नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको यो खोप ‘कोभिशील्ड’ अक्सफर्ड विश्वविद्यालय र आस्ट्राजेनिकाले विकास गरेको अनि भारतको सीरम इन्स्टिट्यूट अफ इन्डियाले उत्पादन गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...