पछिल्लो २४ घण्टामा ३०३ जनालाई कोरोना, ६ जनाको मृत्यु

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंललबार २८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ।

हाल देशभर ३ हजार २ सय ५२ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ४ हजार ५ सय ७४ पीसीआर परीक्षण भएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १७ पुगेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...