सुत्केरी जोगाउन हिटरको जोहो

Master

काठमाडौँ । डोल्पामा सुत्केरी महिलालाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको छ । जिल्ला अस्पताल डोल्पामा सुत्केरी गराउँदै आएका आमा, बच्चा तथा बिरामीलाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको हो ।

तीन जना स्थानीय चिकित्सकले हिँउदको अत्याधिक चिसोका कारण सुत्केरी आमा, बच्चा तथा अन्य बिरामीको अवस्था जोखिममा रहेको भन्दै पाँच वटा ग्यास हिटर र १० वटा सिलिण्डर सहयोग गरेका हुन् । ललितपुरस्थित पाटन अस्पतामा कार्यरत डा.अखण्ड उपाध्याय, जिल्ला अस्पताल डोल्पामा कार्यरत डा.मेलिना हमाल र डा.मछिन्द्र बडूवालले ग्यास हिटर किन्नका लागि अभियान नै चलाएर सहयोग रकम उठाएका थिए ।

चिकित्सकहरुको अभियानलाई सफल बनाउन देश तथा विदेशमा रहेका विभिन्न सङ्घसंस्था र २९ जना व्यक्तिबाट कूल रु ९० हजार रकम उठाएर ग्यास हिटर र सिलिण्डर खरीद गरी जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ । दुनैमा विस्तारित विद्युत्को भोल्टेज न्यून भएकाले महिला सुत्केरी हुनुअघि र भइसकेपछि चिसोले सास्ती खेप्नु परेको छ ।

हिँउद्को कठ्याङ्ग्रिदो चिसोका कारण सुत्केरीपछि आमा र बच्चाको स्वास्थ्य अवस्था गम्भीर हुने अवस्था भएकाले अभियान नै चलाएर हिटरको जोहो गरिएको डा.अखण्ड उपाध्यायले जानकारी दिए । सुत्केरी आमा, बच्चा तथा अन्य बिरामीको कष्टकर अवस्थाबाट प्रभावित भएकाले हिटर किन्ने अभियान चलाएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...