पछिल्लो २४ घण्टामा २४० कोरोना संक्रमित थपिए, ६ को मृत्यु

Corona patient rqdqlbqkzg

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शनिबार अपरान्ह स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप २४० जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ भने आज देशमा सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ४७७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९५४ पुगेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...